सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
हाम्रो देशका नेता
न देश चलाउने
उल्टो जन्ताहरूको
मन हल्लाउने
हाम्रो देशका नेताको
काम घुस खाने हो
देश बेचेर भ्रष्टाचार
गरि पैसा लाने हो 
भोट दिने बेलामा 
मासु भात खुवाए 
भोट दिएपछि जन्तालाई 
रूवाए 
नेता असल भए 
हुँदैन भ्रष्टाचार 
जनता माथि हुँदैन
थियो अत्याचार
लकडाउनमा भ्रष्टाचार गरेर  
धेरै पैसा कमाए
जनताको दु:ख हेर्दा 
हाँस्दै रमाए
भोट दियौँ हामीले 
मासु भातलाई 
जनताले भोट दिएर 
बढाए उनिहरूको कमाई।
(पवन वाग्ले सेन्ट फ्रान्सिस स्कुल, पोखरामा कक्षा ५ मा अध्ययनरत छन्।)