सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
नौ-नौ महिना कोखमा राखेर
जन्माउँछिन् ती आमाले
उनलाई नै आज बेचिन थाल्यो
विभिन्न मोल र मुल्यले
सुरक्षित छैनन् नारी आज
आफ्नै घरको कोठामा
के गर्दै छ होला हाम्रो सरकार?
पीडित भने सधै चपेटामा
गुन्जिन्छ नारा #Justicefor... भन्ने
केही दिन, केही रात र हप्ता
सोझासाझालाई दोष लगाइन्छ
तर अपराधी हुन्छन् यहाँ बेपत्ता
पाउँदैनन् न्याय यहाँ गरिब गुरुवा जनताले
पैसावाला अपराधी भएपनि हिँड्छन् मज्जाले
न्याय देउ सरकार भन्दै हिँड्दा उल्टै प्रहरीले दमन गर्ने
कहिलेसम्म होला हामीले यस्तो अन्याय सहने?
जागौं अब सबैजाना आ-आफ्नो ठाउँबाट
कोही नारी नहून् पीडित सविता भन्डारीजस्तै ससुराबाट।
(सुजन भट्ट अरोमा सेकेन्डरी स्कुल, भरतपुरमा अध्ययनरत छन्।)