सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
ए मेरो साथी,
अहिले घर बाहिर तिमी नजाउ
गए पनि अनिवार्य मास्क लगाउ
सुन मेरो साथी,
समय समयमा हात धुनुपर्छ
नत्र भने महामारी कोरोना सर्छ
ए मेरो साथी,
अरूसँग अहिले तिमी नभेट्नु
भेटे पनि सामाजिक दूरी कायम गर्नु
ए मेरो साथी,
सेनिटाइजरको अवश्य प्रयोग गर्नु
शारीरिक व्यायाम र योग पनि गर्नु
सुन मेरो साथी,
अहिलेको जटिल परिस्थितिलाई हामीले बुझ्नुपर्छ
मन लगाएर हामीले अनलाइन कक्षामा पढ्नुपर्छ
सुन मेरो साथी,
स्वास्थ्य क्षेत्रमा कोरोनाले पुर्यायो ठूलो क्षति
स्वास्थ्य नै हो हाम्रो सबैभन्दा ठूलो सम्पति
ए मेरो साथी,
यी कुराहरू तिमी नबिर्सनु
हालको अवस्थामा घरमै बस्नु।।
(सिद्धान्त यादव बुढानीलकण्ठ स्कुल, काठमाडौँमा कक्षा ७ मा अध्ययनरत छन्।)