सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
विश्वमै फैलियो एउटा रोग
मेटाई दियो यसले सबैको तिर्खा र भोक
कोरोना नाम लिई फैलियो यो सबैतिर
सबैजनालाई देखाइदियो चिन्ता र डर
हेर्दैन यसले जात वा धर्म
हेर्दैन यसले योग वा सत्कर्म
महामारीको रूप लियो कोरोनाले
सबैलाई घरमै बसाइ दियो कोरोनाले
धेरैको ज्यान लियो भने धेरै जितेर आए
सबैजनाले स्वास्थकर्मीहरू कै गुनगान गाए
सेनिटाइजर प्रयोग र मास्क लगाउनुपर्छ
सावधानी अपनाउन सबैलाई सिकाउनुपर्छ
हात मिलाउने हैन नमस्कार गरौं
सरसफाई जस्ता कामचाहीँ अनिवार्य गरौं
सबै स्वास्थकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद
हामीले सबै मिलेर जित्नेछौं कोरोनाको यो त्रास।
(सुप्रिया फुयाल प्यारागन पब्लिक स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्।)