सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
अक्सिजन नपायर अस्पतालका बेड अशान्त छन्
लासको चाङले पशुपतिका मसानघाटहरू बेचैन छन्
तर तिमी किन सत्ताको जोड घटाउमा व्यस्त?
कोरोनाले बुद्धको शान्त देश पनि अशान्त भएको छ
कृषि प्रदान देश फेरि भोकमरीले थलिएको छ
तर तिमी किन स्वार्थ परिपुर्तिको खेलमा व्यस्त?
फेरि पनि मजदुर सीमामा रूवाबासी गर्दैछन्
सडकमा भोकले मान्छे टड्पिइरहेका छन्
तर तिमी किन आरोप प्रत्यारोपमा व्यस्त?
गुजारा चलाउने ती ठेलाहरू बन्द छन्
रेमडेसेभिर खोज्दै आफन्त डुलिरहेछन्
तर तिमी किन कुर्सी कै लडाइँमा व्यस्त?
२४ सैं घन्टा व्यस्त ती स्वास्थ्यकर्मी थकित छन्
भर्ना शुल्क तिर्न नसकेर बिरामी निरास छन्
तर तिमी किन गफ मात्र हाकिरहेको?
पीडामा नै हो आम नागरिकले सरकारको साहारा खोज्ने
के नागरिकले सरकारको साहारा खोज्नु गलत हो?
होइन भने तिमीले यसलाई किन भद्दा मजाक बनाएर हाँसिरहेको?
(बझाङका माइकल बिष्ट हाल काठमाडौंको तरूण माध्यामिक विधालयमा कक्षा १० मा अध्ययनरत छन्।)