सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविताः
प्राणी निर्भर प्रकृतिमा
प्रकृति निर्भर प्राणीमा
प्रकृतिमा बोटविरूवा हराभरा
प्रकृति हाम्रा लागि अमृत बराबर
प्राणी आश्रित बोटविरूवामा
बोटविरूवा आश्रित प्राणीमा
प्रकृति हामीलाई दिन्छ गाँस, बास, कपास
हामी प्रकृतिलाई दिन्छौं बाँच्ने साथ
प्रकृतिले हामीलाई दिन्छ अक्सिजन
हामीले प्रकृतिलाई दिन्छौं कार्बन डाइअक्साइड
त्यसैले, हामी सबै जिम्मेवार बनौं
हाम्रो प्रकृतिलाई सुन्दर र हरियाली बनाऔं
प्राणी आश्रित प्रकृतिमा
प्रकृति आश्रित प्राणीमा।
(प्रेजु नेपाली जेम्स स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)