सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविताः
आमा, मलाई तिम्रै पोल्टाको गुरूकुल प्यारो
तिम्रै त्यो शितल काख न्यानो
दाजी हेरेँ तिम्रो माया यो संसारी मोहसँग
अहँ! भेटिन कसैगरी स्वर्ग आनन्द कहीँ
अहँ! सकिन केही यो कागजी शिक्षाबाट
सिके त केही तिम्रै अमृत समान ती मीठा वाणीबाट
नजानेर कही पाइँला बिराउँदा तिम्रै स्नेहले तानी रह्यो
तिम्रा वेदनाका कथा सम्झौदा यो मनमा अठोट पलाइरह्यो
आमा मलाई तिम्रै श्वासको धोनी प्यारो
तिम्रै मुटुको धड्कन प्यारो
तिम्रै बोलिको झँकार प्यारो।
(अनुपम जोशी श्री संयज साइ विद्या मन्दिर, बालकोटमा कक्षा १० मा अध्ययनरत छन्।)