सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविताः
मलाई नौ-नौ महिना कोखमा राखेर जन्मदिने तिमी नै हौ
मेरा हरेक पलहरूमा साथ दिने तिमी मात्र एक छौ
आमा, तिमी मात्र एक छाै
सानोमा आमा म रूदाँ तिमी आयौ भने मुसुक्कै हासिदिन्थेँ,
म मुसुक्कै हासिदिन्थेँ
जति खुट्टा दुखे पनि तिमीले भन्यौ भने छमछमी नाचिदिन्थेँ
आमा, छमछमी नाचिदिन्थेँ
जति गार्ह्रो भएपनि केही भन्दिनौं आमा तिमी कहिले पनि
भन्दिनौं आमा तिमी कहिले पनि
गार्ह्रो हुन्छ हजुरलाई भन्दा 'तँ आफू अघि बढ, मेरो बारेमा चिन्तै नगर' भन्छौ जहिले पनि
यही भन्छौ आमा जहिले पनि
तिमी त मेरो साथी जस्तो पनि छौ
मेरो लागि त भगवानभन्दा बढी छौ आमा
तिमी मेरा लागि भगवानभन्दा पनि बढी छौ
जहिले पनि सोच्छु आमा फेरि सानो भइदिए हुन्थ्यो भनेर
पहिला तिम्रो काखमै टास्सिन्थेँ रे तिम्रो कपडाको फूलको बुट्टा गनेर,
आमा, तिम्रो कपडाको फूलको बुट्टा गनेर
थुप्रै खेलौना, खानेकुरा भए पनि म तिमी बिना मान्थिनँ
तिमी नभएको भए म लाटो जस्तो भएर केही कुरा जान्थिन
आमा म केही कुरा पनि जान्थिन
दिक्क हुुन्छौ होला आमा तिमी घरि-घरि मेरो चाला देखेर
चिन्ता नगर आमा ठूलो भएपछि तिमीलाई खुसी राख्ने छु यो कुरा दिन्छु म लेखेर।
(शुभमा न्यौपाने चितवनस्थित सनराइज इङ्गलिस स्कुलमा कक्षा ७ मा अध्ययतरत छिन्।)