सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला।
इमेल: [email protected]
कविता:
लाग्छ माया मलाई नेपालको
कोरोनालाई अब भगाउछ को?
धेरै भए संक्रमित
लाग्छ डर लगाउन मित
कहिले जान्छस् ए कोरोना?
गर्छु म बन्दना
मास्क नलाई हिँड्नु हुन्न
कोरोनाले दिँदैन हामीलाई घुम्न
भ्याक्सिन लगाएँ अब हुन्छ घुम्न
यसरी त झन् साेच्नै हुन्न
दाेस्राे चरणको आयाे कोरोना
अब गर्छु म अझ प्रार्थना
घरको छतमा, आशको भरमा
छु म त धैर्यताको परीक्षामा
तर जान्छ अब कोरोना
रहने छैन अब बेदना
घुम्न जानु छ मलाई
विद्यालयमा गर्नु छ पढाइ
हावा, पानी आकाश र धर्ती
हाेस् पूरा संसारको शुद्धि
भ्याक्सिन आयाे तर हिँड्नु हुन्न
सावधानी अपनाउन छाड्नु हुन्न
नबसाैं हामी भ्रममा
जान्छ छिटै याे कोरोना।
(रिद्धिश शर्मा डियरवाक सिफल स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा हुन्।)