सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
विद्यालयमा विद्या आर्जन गर्न जान्छु सधैँ
शिक्षा बीना मान्छे सधैँ अधुरो छ बरै
विवेक बढ्छ, ज्ञान लिए सुखी हुन्छ जीवन
पुस्तक पढेँ अनुभव लिए खुशी हुन्छ मन
विद्यार्थी हुँ विद्या लिई बाढ्ने मेरो कर्म
जति दियो उति बढ्ने क्या अनौठो मर्म
सबैभन्दा ठूलो धन विद्या नै सामान
विद्याले नै बुद्धि बढ्ने सत्य कुरा जान
पढीलेखी नाम कमाउने कर्म पनि गर्ने
कुनै काम सानो हुन्न भन्दै शिक्षा छर्ने
कर्मशील मान्छेको ईश हुन्छन् साथमा
काम गरे दाम अनि माम आउँछ हातमा
पुस्तकालयमा पुस्तक पत्रिका पढौँ
आँट गरी श्रम गरी सधैँ अघि बढौँ
म विद्यार्थी लेख्नपढ्ने पहिलो मेरो काम
शिक्षादीक्षा दिनुस् हामी भोलिको घाम।
(प्रसिद्धी डंगोल डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)