सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
सन २०१९ मा चीनको वुहान सहरबाट कोरोना जन्मेको थियो। कोरोनाले विश्वका सबै देशलाई ग्रस्त बनाएको छ। नेपालमा पनि नयाँ प्रजातिको कोरोना आएको छ।
यो भाइरसले नेपालमा दोस्रो पटक लकडाउन भएको छ। कोरोनाले गर्दा सबै स्कुल बन्द छन्। म जस्ता धेरै साथीले अनलाइन पढ्नुपर्यो। मलाई अनलाइन कक्षा स्कुलको कक्षाजस्तो रमाइलो लाग्दैन। लामो समय अनलाइन पढ्दा म जस्ता धेरै साथीमा आँखाको समस्या बढ्न पनि सक्छ। घर भित्रै थुनिएर लामो समय बस्दा पहिलेझैं साथीसँग खेल्न पाएका छैनौं। बाहिर कोही पनि निस्कनु हुन्न।
कोरोनाबाट धेरै मान्छे मरेका छन्। अझ कोरोनाबाट मेरी मामुजस्तै धेरै गुरू-गुरूआमा मरेको सुनेर म धेरै दु:खी हुन्छु। कोरोना कहरको बेला घरमै बाबा र मामुसँग बसेकी छु। म बिहान सबेरे उठ्छु। पानी पिएर बाथरूम जान्छु। नुवाइधुवाइ गरेर मामुसँग पूजा गर्छु। केही खानेकुरा खाएपछि डोरी नाघ्ने खेल खेल्छु। भन्सामा मामुसँग पकाउने काम पनि सिक्छु। मामुले भान्साको काम र घरको अन्य काम सिकाउँदा मलाई सारै रमाइलो लाग्छ।
म पोखरा २५ हेम्जामा बस्छु। मेरो घर नजिकै सहरीहरित पार्क छ। तिब्रिकोट सामुदायिक जंगल छ। मन्दिरहरू छन्। सेती नदी पनि नजिकै छ। मेरो घरबाट अन्नपुर्ण र माछापुच्छ्रे हिमाल पानि देखिन्छ। मान्छेहरू नभएको बेला मामुले मलाई यी ठाउँहरूमा घुम्न लैजानुहुन्छ। मामुले सबै ठाउँका बारेमा धेरै कुरा भन्दा मलाई निकै रमाइलो लाग्छ।
पार्क, जंगल,नदी, हिमाल हाम्रा सार्वजनिक सम्पति हुन्। यिनिहरूको हामीले संरक्षण गर्नुपर्छ। स्कुल जान नपाए पनि मामुसँग बसेर घरमा पढ्दा, नयाँ कुरा सिक्दा, मामुसँग घुम्न पाउँदा मलाई धेरै खुसी लागेको छ। म हरेक दिन बेलुकी घुमेर आए पछि घुमेका ठाँउ र मेरा दिनभरिका कामहरूका बारेमा डायरी लेखेर मात्रै सुत्छु।
म र मेरो परिवार कोरोनाबाट सुरक्षित छौं। कोरोना छिटो सकिएर म नियमित स्कुल गई पढ्न, लेख्न र खेल्न पाउने दिन कुरेर बसेकी छु।
(माधबी पौडेल धौलागिरी बोर्डिंङ स्कुलमा कक्षा २ मा अध्ययनरत छिन्।)