सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
आकाशको निलो रङ्ग
कति आनन्दमय र सुन्दर छ
आफ्नो सबै दु:ख बिर्सन्छु
त्यो सुन्दर आकाश हेर्दा
न त भेदभाव गर्छ न त छुवाछुत
सबैलाई उस्तै व्यवहार गर्छ
म पनि आकाशझैँ हुन चाहन्छु
सबैलाई एउटै दृष्टिले हेर्नेछु
कहिले कालो बादलले छेक्छ
कहिले तातो घामले पोल्छ
तर उ चुपचाप सहेर बस्छ
आकाशले न त चोट दिन्छ, न त खोट कसैलाई
आकाशलाई रोक्न सक्दैन कसैले
आकाश ब्रह्माको सुन्दर रचना हो
त्यसैले म सम्मान गर्छु आकाशलाई
रूखहरू आकाशको मनमोहक दृश्य हेरेर युगयुग कटाउँछन्
आकाशले सुन्दर सूर्य र चन्द्रमालाई देखाउँछ
रूखहरूलाई घाम र पानी दिन्छ आकाशले
रूखले आफ्ना सुन्दर पातहरुमा
आफ्नो खाना बनाउँछ र जीवन्त रहन्छ
रूखले पनि सम्मान गर्छ आकाशलाई
तर मानिस प्रदुषित बनाइदिन्छन् यसलाई
आकाश बीनाको जीवन सोच्दा
अनि आउँछ एउटा भयानक प्रश्न
गरिब दु:खीको छानो कहाँ छ?
यो प्रश्नले मेरो शरीर थर्थर काम्छ
रौँहरू ठाडा ठाडा हुन्छन्
मेरो हृदय भित्रभित्रै फुट्छ
दु:खी र गरिबले पनि
आकाशलाई आफ्नो छानो बनाइ सडकका छेउमा सुत्ने गर्छन्
आकाशको सुन्दर दृश्य हेरेर आफ्नो जीवन बिताउँछन्
त्यसैले, म भन्ने गर्छु आकाशजस्तै विशाल बन्न सिकौं।
(अनुश्री आचार्य डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)