सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मेरो प्यारो भाइ आँगनीमा खेल्छ
सानो भए पनि क, ख, ग, घ पढ्छ।
कहिलेकाहीँ ज्ञानी बन्छ, कहिले चञ्चल हुन्छ
उसको यस्तो चाला देख्दा, म दंग पर्छु।
कहिले धेरै खुशी हुन्छ, कहिलेचाहिँ रुन्छ
घुम्न जाउँ भन्छ, चाचा किन भन्छ।
मेरो सानो भाइलाई म माया गर्छु
उसले पनि मलाई धेरै माया गर्छ।
(सांराज्ञी भण्डारी इन्टरनेशनल प्राईमरी स्कुल रातोपुल, काठमाडौंमा कक्षा २ मा अध्ययनरत छिन्।)