सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
नौ महिना गर्भमा राखेर
जन्म दियौ त्यो ज्यानलाई भाकेर
आमा, केही छैन तिमीलाई दिन मैले।
आमा तिमी सारै नै दयालु
कस्तो तिम्रो स्वभाव छ मायालु
आमा प्यारी, भाग्यमानी ठान्छे तिम्री छोरी।
मेरो मुटु मेरो यो धडकन
तिमीबाहेक को छ र भन्छन्
मेरी आमा भेट्न पाइएन लकडाउनमा।
हिँड्न, बोल्न, संस्कार सिकाउन
समाजमा अगाडि बढाउन
सिकायौ तिमीले सक्दिनँ त्यो ऋण तिर्न मैले।
धनभन्दा ठूलो छ माया
बाँच्न पाऊँ हजुरकै घामछाया
पाऊँ आशीर्वाद, यस्तो यो कहरमा बसौँ साथसाथ।
(तृष्णा नेपाल सरस्वती माध्यमिक विद्यालय, भक्तपुरमा कक्षा ५ मा अध्ययनरत छिन्।)