सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविताः
हाम्रो अनलाइन कक्षा भइरहेको त छ
तर साथी भेट्न नपाउँदा मन धुरूधुरू रून्छ
यस्तो बेलामा बोल्न सक्छौ साथी-शिक्षकसँग
बोल्न पाउँदा जान्छ दुःख छाउँछ मनमा रंग
पढ्छौँ मोबाइल, ल्यापटप काखमा राखेर
पढ्न पायौँ यस्तो बेलामा बस्न परेन शिक्षा मासेर
गृहकार्य आउँछ अहिले हाम्रो अनलाइनबाट
कस्तो प्रविधी आयो पढ्न पाइने ल्यापटपबाट
अनलाइनबाट पढ्न पाइन्छ धेरै विषयहरू
बिस्तारै खुल्नेछन् बिस्तारै स्कुलहरू
कस्तो रहर लाग्ने हो यो अनलाइन कक्षा
यस्तो बेलामा साथी भेट्न झनै कति मज्जा।
(रुविआ पराजुली बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)