सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
सुरू भयो कोरोनाको दोस्रो लहर
त्रासमा छन् सम्पूर्ण गाउँ-सहर
स्वस्थ जीवन बिताउने रहर हो हाम्रो
समय-समयमा हात धुनु हो राम्रो
बाहिर जाँदा मास्कको प्रयोग गरौँ
शारीरिक व्यायाम र योग गरौँ
संक्रमितको संख्या दिनदिनै बढ्दै छ
अर्थतन्त्र क्षतिको संघारमा पुग्दै छ
कोरोनाले सबै कार्यालय बन्द गरायो
विद्यालयले फेरि अनलाइन कक्षा चलायो
स्वास्थ्य क्षेत्रमा पुगेको छ ठूलो प्रभाव
देशमा भेन्टिलेटरहरूको छ अभाव
स्वास्थ्यप्रति उच्च सावधानी अपनाऔँ
सचेत बनेर आफ्नो ज्यान बचाऔँ
अहिलेको परिस्थितिसँग डटेर गरौँ सामना
कोरोनाको अन्त्य होस् भन्ने गरौँ कामना
(सिद्धान्त यादव बुढानिलकण्ठ स्कुल, काठमाडौँमा कक्षा ६ मा अध्ययनरत छन्।)