सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
आजकल हेर कति चिसो बढेको छ
बिहान भरी बादलुले डाँडा घेरेको छ।
मेरो सानो गाउँभरि बादलुको घेरा,
पढ्नलाई ढिलो भयो चाँडै उठ हेर।
किताब कापी समाई पढ्न म बसे
बाक्लो न्यानो लुगा लगाई कलम समाए।
बाहिरतिर खेल्दिनँ म साँझ र बिहान,
चिसोबाट बचौं साथी स्वस्थ रहन।
आमाले दिनुभयो तातो मिठो सुप
दिउँसोको घाम हेर पारिलो छ धुप।
(मानस पहिजु जेन्युन सेकेण्डरी स्कुल देकोचामा कक्षा ४ मा अध्ययनरत छन्)