सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
वनजङ्गल नै हो चरा चुरुङ्गी र जनावरको बास
रुखबाट नै मिल्ने सुख बुझ्नु पर्ने खास
वनजङ्गललाई हामीले राख्नुपर्छ सफा
फोहोर भयो भने हराउँछ है सुन्दरता
वनजङ्गल छ र पो छ सुन्दर जीवन
अस्तित्व नै हराउँछ बिनास भए वन
बुझिराखौं सबैजना हरियो वन नेपालको धन
आत्मनिर्भर बन्न सके बढ्छ हाम्रो शान
जथाभावी कोही पनि रूख काट्ने नगरौं
काटिहाले खाली ठाँउ बिरुवाले भरौं
बहुमूल्य जडिबुटी दाउरा घाँस पाइने
वातावरण सफा राख्न रुखविरुवा नै चाहिने
रुखविरुवामा नै भर पर्छ हाम्रो यो जीवन
सधैं सबैले ख्याल राखी संरक्षण गरौं वन।
(रुविआ पराजुली बुढानिलकण्ठ स्कुलमा कक्षा ६मा अध्ययनरत छिन)