सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
अहिले साना भए पनि भोलि ठूला बन्नेछौँ
एकअर्काको पसिनाले यो देशलाई भर्नेछौँ
ठूला काम गर्नेछौँ अहिले साना भए पनि
समाज विकास गर्छौँ मौका पाए हामी नि
काम बिग्रियो भने गाली नगर्नु हामीलाई
हामी राम्रो बन्न सिक्ने समय हो यही नै
अहिले नै हामीलाई असल शिक्षा दिनुपर्छ
असल शिक्षा पायौं भने अज्ञानता आफैं मर्छ
हामी आफ्नो समाजमा बन्न सकौँ फूल
गरौँ राम्रो काम सधैँ नगरी कुनै भूल
हामी नै हौं समाजमा सबै खुसी छर्ने
दु:ख पर्दा सबैलाई साथ सहयोग गर्ने
ठूलालाई आदर अनि सानालाई माया गर्ने
प्रण गरौँ समाजमा सधैँ राम्रो ज्ञान छर्ने
सहयोग गरौँ हामी वृद्ध अनि असहायलाई
सहयोग गरी समाजमा गरौँ सबको भलाई
(रुविआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छिन्)