सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कोरोना भाइरस चिनको वुहान सहरबाट सुरू भई विस्तारै विश्व महामारी भयो। विश्व महामारीको वातावरण डरलाग्दो बन्दै गयो।
मेरो परीक्षा सुरू हुन लागेको थियो। हाम्रो देश नेपालमा पनि केही कोरोना संक्रमित देखिन थालेपछि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउनकाे सूचना निकाल्याे। स्कुल बिदामा घुम्न जाने मेरो इच्छा यस महामारीका कारण पूरा हुन सकेन।
म निराश छु। कोही इष्टमित्र भेट्न पाएको पनि छैन। मामाले कहिलेकाहीँ फोन गर्नुहुन्छ।
लकडाउनका पहिला केही दिन बिताउन निक्कै गाह्रो परेको थियो। म सेन्टमेरिज स्कुल जावलाखेलमा कक्षा ३ मा पढ्छु। आजकाल अनलाइन कक्षामै पढाइ हुन्छ। मेरो मिसले अनलाइनमै गृहकार्य पठाउनु हुन्छ।
अब म लकडाउनमा केके सिकेँ भन्छु। पहिलो त म बिहान उठेर आजकाल ममिको दैनिक काममा सघाउँछु। ९ बजे मेरो अनलाइन कक्षामा पढाइ सुरू हुन्छ।
मलाई बाबा, ममी र दिदीले नयाँ कुरा सिकाउनु हुन्छ। मलाइ ममीले मिठा खाजा बनाई खान दिनु हुन्छ। ममीले मेरा लागि गर्नुभएको दु:ख र त्यागबारे पनि राम्रोसँग बुझ्न थालेकी छु।
हिजो आज स्कुल जान नपाए पनि, किताबी ज्ञान मात्र नभई नयाँ सिप र व्यवहार मेरो पहिलो पाठशाला घरमा सिक्ने अवसर लकडाउनले बनाइदिएको छ। दैनिक दुई पेज हस्तलेखन लेख्छु र २ घण्टा पढछु। चित्र कोर्ने, योग ध्यान गर्ने, नाचगान गर्ने, पत्रिकामा आउने बालकथा, चुट्किला र मुना पढ्छु।
चिया पकाउन, कोठा सफा गर्न, साना-साना भाँडा माझ्न, तरकारी पखाल्न धेरै कुरा जान्ने अवसर लकडाउनले जुरायाे।
नेपालमा पनि कोभिड १९ महामारी बढ्दो छ। यो महामारीले कहिले कति बेलासम्म असर पार्ने हो केही थाहा छैन। कोरोना भाइरसबाट जोगिनका लागि घरमा बस्ने र बेला बेलामा साबुन पानीले हात धुने, अनावश्यक काममा बाहिर नजाने, जानै परे मास्क लगाउने सामाजिक दुरी २ मिटर कायम गर्ने, स्यानिटाइजर हातमा लगाउने, नाक मुखमा हात नलगाउने जस्तो सावधानी अपनाउनु पर्ने हुन्छ।
अन्त्यमा आइसोलेसनमा बस्नु हुने सबैको समय आनन्दमय बितोस्। सबैलाई स्वास्थ्य लाभको कामना र कोरोनाको विश्वव्यापी महामारी चाँडै अन्त भई सामान्य जनजीवनमा फर्कन पाइयोस्!
(समृद्धि पाण्डे सेन्ट मेरिज स्कुल जावलाखेलमा कक्षा ३ मा अध्ययनरत छिन्)