सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता
भुनभुन गर्दै मौरी
आउँछे मेरो फूलवारी
चहार्छे फूल धेरै थरी
रस चुस्छे पेट भरी।
सबै मौरी मिलेर
फूलको रस चुस्छन्
धेरै दुःख गरेर
चाकामा मह भर्छन्।
मह खान्छे आफू पनि
मलाई पनि दिन्छे
यसै गरि मौरीले
जिन्दगी बिताउँछे।
(आयुष्मान श्रेष्ठ डि.ए.भी. सुशील केडीया विश्व भारती स्कुल, जावलाखेलमा कक्षा ५मा अध्ययनरत छन्)