सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
सहिदको रगतले सिर्जिएको देश
संस्कृति छन् अनेकथरी आफ्नै भाषा भेष।
हिमालमा डाँफे नाँच्दा पहाडले हेर्छ
तराईका फाँट झुल्दा आफ्नो रङ फेर्छ।
बुद्ध भूमि शान्ति भूमि सुन्दर तपोभूमि
विश्व सामु चिनाउनु छ सारा संसार घुमी।
मुठीभरि माटो बोक्छु गौरवको गाथा
नेपालीको शिरको टोपी हाम्रो सगरमाथा।
हत्या ,हिंसा ,काटमार सबै त्याग्नुपर्छ
छिमेकीले सीमा मिच्दा सबै जाग्नुपर्छ।
एसियाका तारा बुद्ध शान्तिका हुन् दूत
अनेकतामा एकताको भाव खोज्न जुट।
आफैँ बन्छु भृकुटी म तारा पनि बन्छु
सफलताको सिँढी चढ्न आफैँ बाटो खन्छु।
हुँदैन है दाजुभाइ विदेशको भर
फर्की आऊ स्वजन हो आफ्नै गाउँ घर।
(अनुश्री आचार्य डियरवाक सिफल स्कुलमा कक्षा ५मा अध्ययनरत छिन्)