सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
पाँच-छ महिना भैसक्यो घर भित्रै बस्याछु
प्यारो मेरो गुरूमा र साथी सम्झ्याछु
सानो भएनि ज्ञानी छु धेरै कुरा बुझ्छु
बाहिर निस्के कोरोना सर्छ घरभित्रै बस्छु
बा,आमाका राम्रा कुरा मन मनै गुन्छु म
साना साना लुगा पनि आफैं धुन्छु म
घरभित्रकै खाना खान्छु बाहिर त्यसै जान्नँ म
पसलको जंकफुड पनि किनी खान्न म
अनलाइन क्लास पढ्छु म मोबाइल भा'छ जाती
बाबा,आमा हुनु भा'छ गुरू अनि साथी
(आमूल अधिकारी लिभरपूल माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत छन्)