सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
सानो सानो फिस्टे
छोटो जीवन उसको
साना साना पखेटा
सानै पुच्छर त्यसको
चिरचिर चुरचुर गर्दा
उसको पुच्छर उठ्छ
उसको रूप रङ
हरियो नै लाग्छ
एउटा हाँगा अर्को हाँगा
उफ्री उफ्री खेल्छ
घरि तल घरि माथि
चारो पनि खोज्छ
फुच्चे चरा भए नि
गुँड राम्रो बनाउँछ
चिरचिर चुरचर गरी
साथीलाई बोलाउँछ
चारा खोज्न जाँदा
समात्ला कि शिकारीले
डर लाग्छ उसलाई
फूलखाला कि सर्पले
सानो सानो फिस्टे
फुर्तिलो छ कति
फिस्टे खेलेको हेर्न
मनपर्छ मलाई अति।
(आराधना पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ४ मा अध्ययनरत छिन्)