सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता
आमा तिमी जन्म दाता
तिमी नै मेरो भाग्य विधाता
सुख सबै दियौ आमा दु:ख सारा लिएर
यो धर्तीमा हिँड्न सिकायौ औंलाको साहारा दिएर
आफू एक छाक खाई, पेट भर्यौ सन्तानको
सर्वश्रेष्ठ जननी तिमी, नाता ठूलो आमाको
आमा तिमी नै धर्ती, तिमी नै छौ पावन
हरेक क्षण आमा आमा म पाउँ जपन
आफू सुती भुइँमा मलाई खाट दियौ
उपकार गर्यो असंख्य आमा तिमीले साथ दियौ
दुनियाँमा ल्याई हुर्कायौ आमा दश धारा खुवाई
गर्ने छैनौं भुल र पाप आमा तिमीलाई रुवाई...
(सुष्मा यादव बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्)