सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
फूलबारीमा फूलैफूल फूली सकेछन्
साथीसङ्गी रमाउँदै खेल्न पुगेछन्
पुतली र माहुरी लौ उड्दै आएछन्
फूलको रस खोज्दैखोज्दै यहाँ पुगेछन्
हावापानी स्वच्छ सफा निकै सुन्दर
मलाई नि खेल्न जान लाग्यो रहर
झिलिमिली सधैं हुने फूलको सहर
फूलमा नै रमाउँछु हरेक प्रहर
बालापन हाँस्छ मेरो फूलबारीमा
रमाइला पलहरु मेरो मनमा
फुर्सदका मेरा दिन बित्छन् बागमा
हाँस्छु घरि नाच्छु यिनै फूलसँग म
फूलबारीमा चराहरू कति सुन्दर
लाग्यो यिनै चराजस्तै उड्ने रहर
चिसो चिसो बतासले मनै हरर
फूलको डाली हल्लाउँछ हावा फरर
(आयुष्मा तिवारी अक्सिडेन्टल पब्लिक स्कुल अनामनगरमा कक्षा ८ मा अध्ययनरत छिन्)