सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
दाजुभाइ दिदीबहिनी आउ हामी सबै बसौं मिलिजुली
बनौं हामी धेरै धेरै मिहिनेती र धेरै धरै परिश्रमी
हामी हौं भोलिका देशका कर्णधार
पढीलेखी बनाऔं हामीले आफ्नो सपनालाई साकार
ज्ञान, गुण, सिप सिकी हामी अगाडि बढौं
धेरै धेरै पढेर हामी असल मानिस बनौं
अहिलेदेखिनै देशका लागि आफ्नो योगदान दिउँ
पढीलेखी ठूलो मानिस बनी देशको निर्माण गरौं
यो त भयो हामी पढ्न पाउने बालबालिकाको कुरा
जसले पढ्न पाउन्नन् तिनको के होला
तिनको पनि त छ पढ्न पाउने अधिकार
तिनी पनि त हुन् भोलिका देशका कर्णधार
त्यसैले हामी तिनीहरुका लागि आफ्नो तर्फबाट थोरै सहयोग गरौं
आफू पनि बालअधिकारका लागि लडौं, अरुलाई पनि लड्न सिकाऔं
अहिले कोरानाले गर्दा विद्यालयले अनलाइन कक्षा चलाइराखेछ
जुन घरमा नेट र मोबाइल फोन छैन तिनीहरुको के भइराखेछ
उनीहरूका लागि पनि त छ अधिकार पढ्न पाउने
पढीलेखी ठूलो मानिस बनी आफ्नो सपना साकार बनाउने
उनीहरूका लागि पनि हामीले थोरै योगदान दिउँ
यस समस्याको समाधान निकाल्न
जिल्ला शिक्षा इकाईलाई आग्रह गरौंं।
(आयुष्मा पाण्डे कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा कक्षा ६ मा अध्ययनरत छिन्)