सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
हामी बालबालिका स्कुलमा पढ्ने
हामी विद्यार्थी नयाँ कुरा सिक्ने
हामी गुरुका असल शिष्य
हामी देशका उज्ज्वल भविष्य
हामी आमाबुवाका आज्ञाकारी सन्तान
गर्नुपर्छ हामीले ठूलाका सम्मान
असल मान्छे बन्ने हो हाम्रो लक्ष्य
देशको विकास गर्ने हो हाम्रो कर्तव्य
देशमा शान्ति हामी ल्याउने छौं
देशको हित होस् भन्ने कर्म गर्नेछौं
अन्तर्राष्ट्रिय तहमा देशको नाम चिनाउने छौं
देशलाई साक्षर एवम् बलियो बनाउने छौं
पर्यटनका लागि हाम्रो देश हो प्रसिद्ध
बनाउने छौं हाम्रो देशलाई विकसित र समृद्ध
हामीमा नै छ देशको भार
हामी बालबालिका हौं देशका कर्णधार
(सिद्धान्त दव बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ मा कक्षा ६ मा अध्यनरत छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)