सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता
म गरिबको छोरो, अभागी मोरो
पाखाबाट झरेको।
काठमाडौं सहर आउनका लागि
मर्स्याङ्दी तरेको।
बाबुको माया आमाको काख
छोडेर आएँ गाउँको पाखा।
झिलिमिली, झिलिमिली काठमाडौं सहर
थिएन मलाई यहाँ आउने रहर।
गाउँको घर टुकीको भर
पढेर लेखेको।
काठमाडौं सहर आएर मैले
दु:खलाई बुझेको।
काम गरी खाने गरिबको जात
कर्म नै फुटेको।
भाग्यले मलाई यो मोडमा यसरी लुटेको।
आमाले मलाई जन्माई जीवनमा दु:खलाई लेखिछिन्
भाग्यको खेल,आँशुको भेल यसरी पिइछिन्।
अमृतको दह,मौरीको मह
कहाँ पो चाखेँ रे।
गरिबको छोरो सबैले हेप्छन्
म पो पाखे रे।
(विसप चालिसे डियरवाक, सिफल स्कुल चाबहिलमा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)