सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आमा हामीलाई जन्म दिन्छिन्, हुर्काउँछिन् आमा
भेट्ने छैनौं आमाजस्तो अरू कोही हाम्रो यो जीवनमा
आमा हामीलाई माया र प्रेम गर्छिन्
कहिले आउँला स्कुलबाट भन्दै बाटो हेरिरन्छिन्
हाम्रो राम्रो उन्नतिले आमा खुसी हुन्छिन्
गलत काम गरेमा सजाय पनि दिन्छिन्
आमाबाटै पाउँछ जीवनले साथ
सबै छोराछोरीले पाउँछन् आमाको न्यानो काख
आमाको छ जीवनमा धेरै महत्त्व
आमाबीना रहँदैन् अस्तित्व जगतको
आमाको काखबाटै पाउँछौं हामीले धेरै ज्ञानका कुरा
आमाबिना हुने छैन हाम्रो जीवन पूरा
(प्रिजुल योन्जन अद्वितीय बोर्डिङ हाई स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)