सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
अरू कोहीसँग तुलना नहुने कुरा सबैले मान
आमा नै सबभन्दा ठूलो हो देवता समान।
नौ महिनासम्म मलाई राख्यौ आफ्नो कोखमा
साथ दिन्छौ मलाई हरपल अनि हरेक दुःखमा।
तिम्रै काखमा बसेर हुँदैछु म झन् झन् ठूलो
ममतामै हुर्कायौ हुँदा मेरो शरीर कलिलो।
करूणाले भरिएकी तिमी बन्यौ अभिन्न पात्र
संसारकै प्यारो लाग्ने आमा तिमी मात्र।
जहाँ जहाँ पुग्छु म देख्छु तिम्रै छाया
आमालाई हेला होइन गर्नु है माया।
(रूबिआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाडाैंमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)