सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
हिजो राति सपनीमा के देखेथेँ मैले
स्कुल जान लागे आमा बाईबाई भन्छु अहिले
झोलाभित्र खाजा के छ सबै खानेछु
गुरूआमाले पढाएको ज्ञान लिई आउनेछु
आज आमा अफिस बिदा लिनु है
स्कुलबाट म आउँदा घर मै हुनु है
स्कुलबाट आएपछि मीठो खाजा खानेछु
गृहकार्य सकाएर खेल्न जानेछु
खेल्ने कुरा सम्झिएर बिउझिएछु म
यसरी खेल्ने दिन कहिले आउला हँ?
यो सपना पूरा भए कति खुसी लाग्नेथ्यो
मनमा भएका भय, चिन्ता सबै भाग्नेथ्यो
(आँचल अधिकारी लिभरपूल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)