सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
नाइँ! तिमी नजिक नआऊ
बिन्ती छ
कति सताउँछौ मलाई तिमी
कति तर्साउँछौ मलाई
कृपया मेरो चिन्ता नबढाइदेऊ
तिम्रो नाम सुनेपछि मेरो खुसी नै हराउँछ
मेरो मन यतिकै काम्न थाल्छ
थाहा छ, किन यस्तो हुन्छ मलाई?
किनकी
तिम्रो नतिजा हेरेर मेरो तुलना गरिन्छ
समाजले तिमीलाई हेरेर मेरो प्रतिभा तौलिन्छ
मलाई गायिका बन्न मन छ
मलाई खेलाडी बन्न मन छ
मलाई अंक होइन जीवनको गाडी चलाउन सक्ने हुनु छ
तर सीपले चिनिने मौका मैले पाएको छैन
किन हाम्रो समाज नतिजाको पछाडि दौडिन्छ?
के छ र त्यो नतिजामा?
मैले सकेसम्म त म लेख्छु, गर्छु
तर मेरो खिल्ली नउडाऊ
मलाई चिट चोर्न बध्य नगर
मलाई त्यस्तो गर्नु छैन
परीक्षालाई मैले सत्रू हैन मित्र बनाउन चाहन्छु
केवल मलाई सहयोग गरिदेऊ
हौसला देऊ
मेरो सीपलाई पनि हेरिदेऊ
परीक्षाको अंकले जीवन चल्दैन
पढाइको सही अर्थ अंक ल्याउनु होइन
त्यसलाई जीवनमा उतार्न सक्नु हो
बिन्ती छ, मेरो भावना बुझिदेऊ
मेरो सीपलाई बिलाउन नदेऊ।
(श्रीया श्रेष्ठ ज्ञानकुञ्ज स्कुलमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)