सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आदिकवि भनि चिन्छौं हामीले तिमीलाई
कविता काव्य लेखेर गयौ गुन लगाई
तनहुँको चुँदी रम्घा हो तिम्रो जन्मघर
आदिकवि भनि सम्मान गर्छौं हामी सँधैभर
घाँसीको त्याग देखेर म पनि केही गर्छु भनी
कविताको माध्यमबाट चिनियौं तिमी पनि
सदा सम्झन्छौं हामीले तिम्रो अमूल्य योगदान
आदिकवि भानुभक्त तिमीलाई गर्छौं हामी सम्मान
(अपराजिता सुवेदी बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)