सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अदृश्य भए पनि मनको तरङ्गमा छर्लङ्ग छ
कसरी उतारौं यसलाई साँच्चै माध्यमका लागि चित्र छ, रङ छ
कहिले प्रकृति, कहिले मानिस त कहिले आफ्नै कल्पनाको दुनियाँ
ओहो! सबैले मन पराएछन् आज ऊ दङ्ग छ।
चित्रकला सानैदेखि मन पराउने म जब विद्यालयमा नाच र चित्रकलामध्ये एक रोज्ने दिन आयो तब निकै अन्योलमा परेकी थिएँ।
दुवैमा उत्तिकै रूचि भएर पनि होला त्यो बेला म जति दुबिधामा को होला र? जस्तो लाग्थ्यो।
बुवा र आमासँग सल्लाह गरेर मैले एक वर्ष नाच र अर्को वर्ष चित्रकला तर्फ लाग्ने निणय लिएँ र सिक्दै गएँ। जति सिके पनि केही नजानेको जस्तो लग्दो रहेछ। यो चित्रकला सिकेर-बुझेर नसकिने। आफ्नो भावना चित्रको माध्यमबाट प्रस्तुत गर्दा आफूमै हराए जस्तो लाग्छ मलाई।
समय बित्दै गयो अनि अहिले भने पढाई र जाँच भन्दै धेरै समयदेखि आफ्नो मन पर्ने काम गर्न फुर्सद भएको थिएन। कोरोना र लकडाउन नभएको भए पनि आफ्नो बोर्ड परीक्षा सकेर चित्र बनाउने त मेरो पहिलैदेखिको सोच थियो।
अझै अहिलेको अवस्थामा त झन म जस्तै कति मित्र, दाजुभाइ, दिदीबहिनीले आफ्नो मन पर्ने कार्यतर्फ ध्यान दिने मौका पाउनु भएको छ।
पाएको यो मौकामा मैले यी तस्बिरहरू बनाएकी छु।
(दिवा ढकाल ज्ञान कुञ्ज सेकेन्डरी स्कुल, रविभवन काठमाडाैंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)