सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
हिमाल, पहाड, तराई, मधेस, सहर अनि गाउँ
उठ! अब सबै मिली देशको गीत गाऔं
कुमाऔं, गडवाल, भोट अनि नालापानी युद्ध
वीर पुर्खाले रचेको त्यो वीर गाथा गाऔं
पश्चिममा कांगडा थियाे पूर्व टिष्टा साँध
बचेको देश जोगाउनलाई मिलाऔं काँधमा काँध
स्वर्ग जस्तो देव भूमि बुद्धको शन्तिभूमि
तपस्वीको तपो भूमि जनकको ज्ञानभूमि
माहावीर गोर्खालीले रचेको यो ठाउँ
आउन साथी यही ठाउँको मीठो गीत गाऔं
वैरीहरू चम्कँदैछन् हाम्रो भूमि मिच्न
हामीलाई दबाउन बाहुबलले थिच्न
सहदैनौं कहिल्यै पनि कसैको दादागिरी
उत्रन्छौं बरू रणभूमिमा धारिलो खुकुरी भिरी
कति फुट्नु देशको लागि जुटौं एकै ठाउँ
देश जोगाउन एकताको सिंगो गीत गाऔं
हामीले नै हो देश बनाउने नत्र कसले गर्छ?
गौरवशाली इतिहासको लाज राख्नु पर्छ
कसम खाऔं सबै मिली देशलाई बनाऔं
आऊ न साथी सबै मिली देशको गीत गाऔं
(लिजा पुन माउण्ट अन्नपुर्ण मा.वि नदीपुर, पोखरामा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)