सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
कहिले माया कहिले गाली
गर्दै पढाउने
मेरा गुरू! मलाई सधैं अघि बढाउने
म त सानी पेन्सिल जस्ती
लेख्छु गल्ती पनि
गुरू सबै सुधारदिने, इरेजर बनी
राम्रो काम गर्दा पाएँ
स्याबासीको धाप
कोपीलाले पाए जस्तो
उज्यालोको राप
विरूवा हुँ सानी सानी
फक्रिन छु बाँकी
गुरू मलाई गोडमेल गर्ने
मेरो प्यारो साथी
अझ धेरै अझै बढी
ज्ञान पढ्न पाउँ
तिम्रै पाइला पच्छाएर
अघि बढ्न पाउँ
(प्रज्वलिता चापागाई साइनीङ्ग स्टार आवासीय माध्यामिक विद्यालय, सानेपा ललितपुरमा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)