सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
निष्कपट मनका कोमल फक्रेका पुष्प बन
काँडासँग लड्ने सामर्थ्य बोक
फल प्राप्तिको कामना नराखी कर्ममा लाग
विश्राम बिना आफ्नो यात्रामा हिँडिराख
उचित, अनुचित जानेर चाल्नु आफ्नो पाइला
तिमी सफल हैन असल बन
नराखि ईर्ष्या लोभ
अरूको सहायतामा जुट
विश्वासको पहिलो आरम्भ बन
युगयुगमा याद गरिने महापुरूष हाेइन
मनमा सम्झी राख्ने
बन मीठो पराग
तिमी सम्झनाको पुञ्जी बन
ज्ञानको आधार चुन
तिमी सफल हैन असल बन
थुपार्ने भावना राख तर
सम्झनाबाहेक केही नसमेट्नु
स्वार्थको थैलो होइन
छान कर्मको दैलो
प्रकृतिको रहस्य जानी
त्यसको संरक्षणमा लाग
पापका लागि तिमी ज्वाला बन र पुण्यको मार्गदर्शक
सही र गलत छुट्टाउने परिभाषा सिक
व्यवहारमा उदाएको
वाचा गर सद्गुण र सद्भाव फैलाउने
तिमी सफल हैन असल बन
अन्त्यलाई कहिले समाप्त नमानी
तिमी आरम्भको आशा बन
चन्द्रमाझैं तिमी शीतल छाया देऊ
सूर्यझैं सङ्घर्षको आगोमा जली
प्रकाश छर्ने माध्यम बन
नलाग तिमी भाग्यको पछि
असल कर्ममा जुट
लाग्नेछ सफलता तिम्रो पछि
समयको महत्वलाई बुझी
निरन्तर परिश्रम गर
तिमी सफल हैन असल बन
सत्मार्गमा लागेर
गौतम बुद्धझैं शान्तिको दूत बन
मनमा पनि सत्यको प्रकाश छर
विश्वका लागि नयाँ अध्याय बन
आफ्नो चिनारीको प्रमाण बन
तिमी सफल हैन असल बन।
(राधा कुमारी महतो नवोदय शिशु सदन, हेटौँडामा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)