सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
म हराएकाे देशमा
म मानवता खाेजिरहेकाे छु
जहाँ
छाेरीलाई बलात्कार,
छाेरालाई कुटपिट,
माता पिताकाे हत्या,
हुन्छ आफ्नै
सम्बन्धहरूबाट
त्यही पनि
म हराएकाे देशमा
म मानवता खाेज्दै
हिडिँरहेकाे छु
जहाँ
मुस्कुराउने कुनै पल छैन
हिँड्ने कुनै मार्ग छैन
फल्ने कुनै बिउ छैन
बाेल्ने कुनै आवाज छैन
त्यही पनि म
म हराएकाे देशमा
मानवता खाेज्दै
हिडिँरहेकाे छु।
जहाँ
स्वतन्त्रतामा खेलवाड गरिन्छ
अधिकारमा बारुद बर्सिन्छ
शान्तिमा युद्ध निम्तिन्छ
सम्भावनामा पछि हटिन्छ
त्यही पनि म
म हराएको देशमा
मानवता खाेज्दै
हिडिँरहेकाे छु
जहाँ
मृत्युु पैसामा बिक्छ
सम्बन्ध पराई बन्छ
नजर घात हुन्छ
आँशु समुन्द्र बन्छ
अनि पत्थर पगालेर
घ्यूलाई चट्टान बनाइन्छ
त्यही पनि
म हराएकाे देशमा
म मानवता खाेज्दै
हिँडिरहेकाे छु।
(सुजन तिमल्सिना श्री नेपाल वेद विद्याश्रम, गौशाला काठमाडौंमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)