सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
यता जान्छु यतै छ बेसारको कुरा
उता जान्छु उतै पनि बेसारको कुरा
टाउँको दुख्यो मेरो त सुन्दा यी कुरा
कता जाऊँ के गरूँ म सानी बिचरा।
टिभी खोल्छु समाचारमा बेसारैको कुरा
प्रधानमन्त्री हजुरबाको पनि त्यही कुरा
बिहान बेलुकी जहिले नि बेसारैको कुरा
बेसारजस्तो लाएँ लुगा म के कम छु र।
हजुरबुबा भन्नु हुन्छ खाऊ बेसार पानी
ममीबाबा भन्नु हुन्छ खानै पर्छ सानी।
कस्तो हुन्छ भनी एक दिन खाएँ मैले पानी
मुखै मेरो कस्तो भयो तीतो तीतो पानी।
स्कुल गई मन लाग्यो खेल्न वरपर
बेसारपानी खाई भगाऔँ कोरोनालाई पर
स्कुल पनि अब चाँडै खुलिदिए हुन्थ्यो
मेरो कुरा सबैले सुनिदिए हुन्थ्यो।
(सोनुश्री पौडेल सिर्जनशील स्कुल, बबरमहलमा कक्षा १ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)