सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो गाउँको नाउँ हो बाहुनडाँडा
यहाँ छन् माइला डाँडा र काँडा
यो गाउँ सानो लमजुङ जिल्लामा पर्ने
हामी जन्मस्थललाई धेरै माया गर्ने
यहाँ भाषा, जात र संस्कारमा छ विविधता
विविधता भए पनि एक आपसमा हुन्छन् समानता
साउने झरी आउँदा खेरी मयाद सारै बढ्छ
रोगहरू निको पार्न तातोपानी कुण्ड यही पर्छ
कुशमाखर घिमिरेको छ है यहाँ सालिक
त्यही सालिकमाथि छ नि शवको मन्दिर
पर्यटकहरू धेरै यहाँ घुम्न फिर्न आउँछन्
वनजंगल, हरियाल डाँडाकाँडा देखेरै रमाउँछन्
राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मिए यही गाउँमा
सबैजना घुम्न आउँछन् यहाँ पुस्तुनको नाउँमा
हिमालको काखमा छ नि यो प्यारो गाउँ मेरो
घुम्न फिर्न आउनु हाेला हजुर हेर्न वरिपरिको सेरोफेरो
(कविता परियार श्री चन्द्राेदय माध्यमिक विद्यालय बाहुनडाँडा, लमजङमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)