सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना को हौ तिमी
किन आयौ यो सुन्दर संसारमा
किन गर्दैछौ हमला, सुन्दर मानव जीवनमा
किन गर्दैछौ हमला, मेरो प्यारो देश नेपालमा
मान्छेलाई मार्दै रूवाउँदै परिवार
किन अझै अघि बढ्छौ पूरै यो संसारभर
छैन कुनै औषधि तिम्रो, के गर्ने अब हामी लौ भन
मार्दैछौ तिमीले हाम्रो रहर बालापन
नष्ट नपार तिमी यो सुन्दर संसार
छोडेर जाउ तिमी अब
मिल्न देउ हामीलाई एकआपसमा
बाँच्न देउ अब हामीलाई मिलेर हाम्रो पारिवारमा
छोड मार्न मान्छेलाई
संक्रमित पार्न छाड
अनि नष्ट नगर मानव जीवनलाई यो सुन्दर संसारभर
जीउन देउ हामीलाई, सँगै मिली सधैंभरि
चाहन्छौ हामी सधैं रहन सुखी र हाँसी हाँसी
नराख बन्धनमा हामीलाई अब छोडी जाउ तिमी
मुक्त पार हामीलाई, बाँच्न सक्दैनौं धेरै त्रसित भई
जाउ तिमी अब यो संसारबाट बिदा लिई
निस्कन देउ, हामीलाई नथुन घरमा धेरै
रमाउन देउ हामीलाई घुमिफिरी देशैभरि
नपार एक्लै अब, देउ बस्न मिलिजुली
साथी भाई घर परिवार रमाई रमाई सधैंभरि
घुम्न चाहन्छु म मेरा साथीहरूसँग मिली
तिमी दिदैँनौ खेल्न किन हामीलाई सँगै भई
कोरोना जाऊ अब हाम्रो सुन्दर नेपालबाट
अनि यो संसारबाट, मुक्त पारेर हामीलाई कोरोना तिम्रो भयबाट
मुक्त पारेर हामीलाई कोरोना तिम्रो भयबाट।
(सार्थक सिग्देल नाइटिङ्गेल अन्तरर्राष्ट्रिय उच्च माध्यमिक विद्यालय, कुपन्डोल ललितपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)