सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
प्रकृतिका थरीथरी सबै हाम्रा साथी
हातेमालो गर्दै हामी पुग्न सक्छौं माथि।
सानो हुँदा प्रकृतिलाई बुझ्दैनथेँ मैले
यसको महत्व बुझ्दाखेरी दंग पर्छु अहिले।
रङ्गीचङ्गी फूल अनि सुन्दर तिम्रो जीवन
जति गरौं नसकिने तिम्रो ब्यान।
हे मानव! किन हुन्छस् तँ यति कठोर?
यति सुन्दर प्रकृतिमा किन फालिस् फोहोर?
जंगल मास्छस्, सुन्दर प्राणी मारी हत्या गर्छस्
बाढी, पहिरो, चट्याङ पर्दा यसलाई आँखा तर्छस्।
प्रकृतिले दियो तँलाई सर्वश्रेष्ठ मान
सधैं यसको विनास गर्ने यही हो स्वाभिमान?
सुन्दर, शान्त, विशाल छन् हिमाल, पहाड, तराई
प्रकृतिको नजरमा कोही हुँदैन पराई।
एक तिहाई जमिन अनि दुई तिहाई पानी
प्रकृतिमा रम्न पाउने हामी भाग्यमानी।
घुमीघुमी रमाउन हुन्न कसलाई रहर
तिम्रो विनास गर्दा मेरो मन रून्न र?
हामी सबै मिली गरौं अब यसको संरक्षण
कोही रहँदैन तिमी बिना एक पल अनि क्षण।
(अस्मित रेग्मी गण्डकी बाेर्डिङ स्कुल, पोखरामा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)