सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
दुःख गरी दिनुहुन्छ मलाई जन्म
बच्चा जस्तै माया गर्नुहुन्छ ठूलो नहुँदासम्म
बिरामी हुँदा सहयोग गर्छु मैले
ठूला काम गर्न लगाउनुहुन्छ मलाई कहिले
आमाले मलाई सधैं दिनुहुन्छ न्यानो काख
ठूलो भए पनि मलाई चाहिन्छ आमाको साथ
आमाले घरमा तरकारी लगाउनुहुन्छ
हामीलाई पनि धेरै कुरा सिकाउनुहुन्छ
हावा, हुरी र कोरोना आए
लकडाउनले म त आमासँगै बस्न पाएँ
कहिलेकाहीँ तरकारी खान्छौं तामाको
संसारमा सबैभन्दा माया लाग्ने आमाको
सबै मिली काम गरे हुन्छ सबैलाई सुख
म त आमालाई कहिल्यै पनि दिनेछैन दुःख
(रूबस पराजुली जी एस निकेतन मावि हेटौंडा, मकवानपुरमा कक्षा २ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)