सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
विश्व वातावरण दिवस सन् १९७० मनाइँदै आएको हो। आज यसको ५० औं वार्षिकोत्सव हो।
सन् १९७२ मा युनाइटेड नेसनमा ५ देखि १६ जुनसम्म गरिएको सम्मेलनमा प्रत्येक वर्ष विश्व वातावरण दिवस मनाइने घोषणा गरियो। त्यसपछि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइयो।
हरेक वर्ष अनेक काम गरेर विश्व वातावरण दिवश मनाइन्छ। कतै मानिसहरू जम्मा भई बिरूवा रोपिन्थ्यो, त कतै सफाइ अभियान चलाइन्थ्यो। मानिसहरू भेला भई भाषण पनि दिने गरिन्थ्यो। तर यस वर्ष कोरोना भाइरसको महामारीका कारण अन्य वर्ष जसो गरी विश्व वातावरण दिवस मनाउन पाइएन।
तै पनि धेरै मानिसहरू इन्टरनेटद्वारा जोडिएर वातावरण स्वच्छ राख्न जागरुक छन्।
यस विश्व वातावरण दिवसको मुख्य अवधारणा जैविक विविधता हो। यस सालको विश्व वातावरण दिवश कोलम्बियाले आयोजना गर्दैछ।
जैविक विविधता भनेको जीव र वनस्पतिरूको विभिन्नता हो। यो विषय अहिले धेरै चलेको र आवश्यक पनि छ। अस्ति भर्खरै अष्ट्रेलियामा लागेको जंगल आगलागीदेखि रातो पाण्डाको अस्तित्व हराउन लागेको, सबै जैविक विविधता नै हो।
यस्तै अन्य कुराले गर्दा यस सालको विश्व वातावरण दिवस मुख्य अवधारणा जैविक विविधता हो।
लकडाउनले पनि वातावरणलाई फाइदा गरेको छ। मोटरगाडी र उद्योगहरू बन्द भएर धुवाँ नभएर केही मात्रामा भए पनि आकास सफा भएको छ। ओजोन तह पनि विकसित भएको छ। बिहानीपख चराचुरुङ्गीको मीठो चिरबिर आवाज पनि सुन्न पाइन्छ।
हामीले अन्य वर्ष जस्तो बाहिर निस्कन नपाए पनि आफ्नो घर छेउमा बिरुवा रोपेर, चराहरुलाई पानी राखिदिएर विश्व वातावरण दिवस मनाउन सक्छौं।
(काव्य अन्वेश ढकाल न्यु मिलेनियम स्कुल, ईमाडोलमा कक्षा ७ मा पढ्छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)