सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम एन्जल ज्ञवाली हो। म कक्षा ७ मा पढ्छु। मेरो स्कुलको नाम पाठशाला नेपाल फाउन्डेशन हो। यो ललितपुर जिल्लाको बागडोल भन्ने ठाँउमा छ।
मेरो घरबाट विद्यालय २० मिनेटमा पुगिन्छ। कक्षा ६ को परीक्षा कोभिडको कारण हतार हतार भयो। हामी साथीहरू परीक्षा दिइसकेपछि घरमै बस्यौ। परीक्षाफल लिन विद्यालय जान पनि पाइएन। कोभिड डरका कारण विद्यालय बन्द थियो। अझैसम्म पनि बन्द नै छ। हामीले ग्रेडसिट त इन्टरनेटबाट हेर्न पायाैं तर एन्सरसिट अझसम्म हेर्न पाएका छैनौं।
लकडाउन बढिरहेको छ। कहिलेसम्म रहने होला थाहा छैन। ज्यान बचाउनका लागि हामी घरभित्रै बसिरहेका छौं। बाहिर जान पाएका छैनौं। नेपालमा पनि धेरै मानिस संक्रमित भइसकेका छन्। केही मानिसले ज्यान गुमाई पनि सकेका छन्।
प्रहरी, डाक्टर र स्वास्थकर्मीहरूले दिनरात खटेर सेवा दिइरहेका छन्। उनीहरूले आफ्नो ज्यान जोखिममा राखेर पनि आफ्नो कर्तव्य पूरा गरिरहेका छन्। हामीले पनि घरमै बसेर हात धुने, स्यानिटाइजर लगाउने र मास्क लगाउने जस्ता नियमहरूको पालना गरिरहेका छौं।
लकडाउनको क्रममा हाम्रो विद्यालयले अनलाइन कक्षा सुरू गरेको छ। यो मेरो लागि नयाँ अनुभव हो। अरू साथीहरूको लागि समेत यो नयाँ नै हो। साथीहरू र गुरूहरूलाई नभेटेको धेरै दिन भएकाले भेट्न मन लागेको छ।
हामी विद्यालय गई फुटसल खेल्न नपाएको पनि धेरै भइसक्यो। खेलमैदानमा साथीहरूसँग ब्याडमिन्टन, फुटबल, बास्केटबल खेल्न नपाएको पनि धेरै दिन भयो।
यसै बीचमा घर बसेर मैले विभिन्न चित्र बनाएँ। तिमध्येका केही चित्र समेत यहाँ छन्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)