सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथाः
एउटा गाउँमा एक परिवार बस्थ्यो। परिवारमा छोराछोरी र आमा हुनुहुन्थ्यो। आमा दिउँसो काम गर्न जानुहुन्थ्यो। भाइ र दिदी घरमा बस्ने गर्थे। उनीहरूको घर नजिकै रेलको लिक थियो। हरेक दिन रेल त्यही लिक भएर दौडिन्थ्यो। रेल दौडेको दिदी र भाइ भएर हेरिरहन्थे। रेल दौडेको देखेर रमाइरहन्थे।
एक दिन आमा बाहिर जानुभएको थियो। दिदी र भाइ दिउँसो घरमा बसिरहेका थिए। यस्तैमा उनीहरूले देखे कि एक ठाउँमा रेलको लिक भाँचिएको थियो। त्यो देखेपछि उनीहरूलाई लाग्यो कि अब रेल त्यो बाटो आउँदा दुर्घटनामा पर्नेछ। दिदीभाइ त्यो देखेपछि आत्तिए।
रेल सही समयमा सोही लिक भएर आएको आवाज उनीहरूले सुने। त्यसपछि उनीहरूको दिमागमा विचार आयो, भाइले लगाएको रातो रंगको कमिज निकाल्यो र लिक नजिकै लगेर हल्लायो।
रातो रंगकाे कपडा हल्लाएको रेलको ड्राइभरले देख्यो। उसलाई लाग्यो कि यिनीहरू पनि रेलमा चढ्नका लागि रोकेका हुन्। रेल रोकियो।
चढ्नको लागि आग्रह गरियो। तर ती दिदीभाइले आफूहरू रेल चढ्नका लागि नभई रेल लिकबाट बाहिर गई दुर्घटना हुन्छ कि भनेर रोकेको कुरा बताए र भाँचिएको रेलको लिक देखाइदिए।
यो देखेपछि रेलको ड्राइभर तथा अरू यात्रुहरुले ती दुई दिदीभाइलाई आफ्नो ज्यान जोगाइदिएकोमा धन्यवाद दिए।
(आन्भी पोखरेल श्री नेपाल पुष्पान्जली शिक्षालय मध्य बानेश्वर, काठमाडाैंमा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)