सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
ओहो! कोरोना एक्कासि भित्रियो
अनि सबैजना घर भित्रै थुनियो
संक्रमितको संख्या बढ्यो ह्वात्तै
पुर्यायो धेरैलाई ग्रिन जोनबाट रेड जोनमा स्वात्तै
विश्वमा भइरहेको छ हाहाकारी
पत्तो छैन कहिले सकिन्छ यो महामारी
वुहानबाट सुरू भएको कोरोनाको कहर
पसल र विद्यालय बन्द गर्न थिएन कसैलाई रहर
वैज्ञानिक र डाक्टरले मिहेनेत गरेकै छन्
पक्कै पनि चाँडै औषधी र भ्याक्सिन पत्ता लाउने नै छन्
अब त सावधानी अपनाई हात धुने हैन र?
मानिस सामजिक दुरी कायम गर्ने हैन र?
तर पनि के गर्नु,
कुनै न कुनै तरिकाले कोरोना फैलिनै हाल्यो
विश्वको अर्थतन्त्रलाई खसाइहाल्यो
लाखौं निर्दोषको ज्यान लगिनै हाल्यो
कैँयौको जीविका आइसियूमा
कैँयौको भेन्टिलेटरमा
बचेका ती थोरै मानिसहरूमा
बिताउँदै छन् होला जीविका भय र त्रासमा
लकडाउन त सरकारले गर्दिनै हाल्यो
तर पिपिइ र सुविधा सम्पन्न क्वारेन्टाइन नभए
कसरी कटाउँदै छन् होला दिनचर्या ती मानिस र स्वास्थ्यकर्मीले
केही सोचेको नै होला नि सरकारले
सावधानी अपनाई बाँच्ने अब हामीहरू
अस्पतालमा भएकाको आत्मविश्वास बढाऊँ
डाक्टरहरूलाई दिऊँ प्रोत्साहन
प्रकृतिले लिएको छ यो एउटा कठिन परीक्षा
डटेर गरौं यसको सामना
लडौं सन्तुलित भोजन, आत्मविश्वास र भगवानको साथबाट
यति गरे विश्वले कुनै दिन मुक्ति पाउनेछ कोरोनाको कहरबाट।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ७ मा अध्यनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)