सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
उपयोग गरौं हामी यो लकडाउनको
हेर्दाहेर्दै बढ्दै छन् संक्रमित नेपालको।
पर्खी बसौं जान पाउँछौं स्कुल हामी
लकडाउन खुलेपछि जाउँला बजार अनि।
हुँदैन घरमा हामी त्यत्तिकै बस्न
धेरै सक्दृन कोरोनाले हामीलाई मास्न।
घरमै हामी बसेर लेख, पढ गर्नुपर्छ
बाहिर गयौ भने कोरोना सर्छ।
खेल्न पनि पर्छ हामीले घरमै बसेर
हामीलाई छुँदैन कोरोनाले घरमा पसेर।
गाउँ हामी घरमै बसी मिठामिठा गीत
कस्तो दिन आयाे डराउनु पर्ने सबै मानिससित।
बाँकी छन् हामीले सिक्नुपर्ने धेरै कुरा
घरमै बसी पूरा गरौं नबनाऔं है अधूरा।
घरको काम काजमा परिवारलाई सघाऔं
लकडाउन नै भए पनि घरमै सबैसँग रमाऔं।
(रूबिआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाडाैंमा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)