सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
छिन् चकचकी र चुल्बुली
मेरो लागि हुन् उनी मायालु र नक्कली
असल साथी मेरो हुन् हँसिली र ज्ञानी
जे भए पनि उनी छिन् रमाइली र सानी।
बन्दाबन्दीको समयमा खेल्ने र दिन बिताउने
मीठो बोली भएकी मेरी सोझी बहिनी
कहिलेकाहीं मेरी आमा म सित कराउने
तिनै आमाबाट मेरी नानीले बचाउने।
गालामा मलाई माया गर्दा न्यानो लाग्ने कति कति
राम्री पनि कति लाग्ने हेर्दा मैले जति जति
उनले मलाई बाबु भन्छिन् मैले उनलाई बुनु
उनको बोली कति मीठो लाग्छ सुनुसुनु।
साझँपख मसँग हात समाएर घुम्ने
मेरा सामान लुकाएर उनी धेरै रम्ने
सानो गितार समाएर उनी गीत गाउने
अति धेरै प्यारी छिन् मेरी सुन्दर बहिनी।
बन्नेछु म उनको असल मार्गदर्शक
सुख दुःख साट्ने कुशल अभिभावक
लकडाउनले उनीसँग झनै दोस्ती बढ्यो
कोरोनाले संसारभरि के के गर्यो गर्यो।
जस्तो सुकै परे पनि गरौँ मिली सामना
सफल बनोस् जीवन उनको मेरो शुभकामना
कोरोनालाई निर्मुल पारौं गर्छु सधैं कामना।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)